site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । 

बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

Argakhachi Cement Island Ad

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई बा प्र ०२–०४४–१८७८ नम्बरको मोटरसाइकल समेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार दुईजना र एकजना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्