site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी ठगी प्रकरणमा एक वर्षअघि पक्राउ पुर्जी जारी भएका इन्स्पेक्टर जब कार्यरत रहेको खुल्यो...
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो समय सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्रीदेखि पूर्वडीआईजीसम्म प्रहरी थुनामा छन् । पोखराको सूर्यदर्शन सहकारीसहित विभिन्न पाँच सहकारी ठगी प्रकरणमा जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी कास्की प्रहरीमा थुनामा छन् ।

तर, सोही प्रकृतिको सहकारी ठगी प्रकरणमै जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) भने पक्राउ पुर्जी जारी भएको एक वर्षदेखि कार्यरत रहेको पाइएको छ । प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया पक्राउ पुर्जी जारी भएको एक वर्षदेखि सेवामै कार्यरत रहेको खुलेको हो । 

फौजदारी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी हुनासाथ सरकारी कर्मचारी स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । तर, कानुन कार्यान्वयन गराउने प्रहरीले नै आफ्नै निरीक्षक अकौलियालाई पक्राउ गर्नुको साटो नियमित काममा लगाएको खुलेको छ ।

उनीसहित मारुती सहकारीका सञ्चालक वसन्त भेटवालविरुद्ध नृपेश श्रेष्ठले आपराधिक विश्वासघात कसुरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा भेटवालसहित निरीक्षक अकौलियालाई जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।

भेटवाल मारुती सहकारीका अध्यक्ष हुन् । अकौलिया सहकारीका सदस्य हुन् । पक्राउ पुर्जी जारी भएको एक वर्षपछि भने मंसिर ४ गते निरीक्षक अकौलिया स्वयम्भु वृत्तमै रहेको खुलेकाे थियाे । त्यसलगत्तै भने उनलाई स्वयम्भु प्रहरीले नै जिल्ला अदालत काठमाडौंमा पेस गरेको खुलेको हो ।

मंसिर ५ गते भएको थुनछेक बहसपछि उनी एकलाख रुपैयाँ धरौटीमा छुटेको खुलेको छ । काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले यस प्रकरणबारे आफूले बुझ्नुपर्ने प्रतिक्रिया दिए ।

तर, उपत्यका प्रहरी कार्यालय स्रोतले ०८० भदौ २६ गते पक्राउ पुर्जी जारी भएका अकौलियालाई एक वर्षपछि मंसिर ४ मा मात्रै अदालत पेस गराइएको बताएको छ । हाल उनी निलम्बनमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro