site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बिली जिन किङ कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले बिली जिन किङ कप (एसिया/ओसिएना)मा मंगलबार लगातार दोस्रो जित हात पारेको छ । नेपाल टेनिस संघका सदस्य एवं नेपाली टोलीका व्यवस्थापक अजय विष्टका अनुसार, समूह ‘बी’मा नेपाली महिला टोलीले गुआमलाई ३–० ले पराजित गर्‍यो ।

बहराइनको मानामामा जारी प्रतियोगिताको सिंगल्समा नेपालकी अभिलाषा विष्टले फ्रेमोन्ट गिब्सनलाई ६–७ (३), ७–५ र ६–२ ले पराजित गरिन् । अर्को सिंगल्समा नेपालकी सुनिरा थापाले अमेल्ले हेलेन पेरेजलाई ६–० र ६–० ले सहजै हराइन् ।

डबल्समा नेपालका स्वस्तिका विष्ट र प्रकृति श्रेष्ठको जोडीले फ्रेमोन्ट र इस्पिनोसाको जोडीलाई सिधा सेटमा ६–१ र ६–१ ले पाखा लगाए ।

ग्रुप ३ को प्रतिस्पर्धामा यसअघि नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई २–१ पाखा लगाउदै विजयी सुरुआत गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार फिलिपिन्सको सामना गर्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro