कला
काठमाडौं । निर्माता सुशील पोखरेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले ‘बन्दी’ नामक चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । सुनारले यसअघि ‘बुलाकी’ निर्देशन गरेका थिए ।
कथामा काम भइरहेको चलचित्र केही महिनापछि छायांकनमा जानेछ ।
चलचित्रको कथा सुशील देवकोटाले लेखिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १५:४३
प्रतिक्रिया दिनुहोस्