काठमाडौं । गायक पुष्पन प्रधानले काठमाडौंमा कन्सर्ट गरेका छन् । ‘पन्छीः कथा भन्ने, गाउने’ शीर्षक दिएको कन्सर्टमा उनले आफ्ना लोकप्रिय गीत गाएका हुन् ।
सोमबार साँझ मण्डला थिएटरमा आयोजित कन्सर्टमा उनले आफ्नो ब्यान्ड ‘पुष्पन अनि सारथि’ सहित प्रस्तुति दिएका हुन् । उनले ‘पन्छी’, ‘बाबुको जुँगो’, ‘ठुल्दाजु’, ‘सुन रे सियाराम’, ‘ओ फकिरा’लगायत गीत गाएका थिए ।
आफ्नो गीतको कथा भन्दै गीत गाउने पुष्पनको विशेषता हो । सोमबार पनि उनले आफूले गाएका गीतको कथा भन्दै गीत गाए । उनको गीत सुन्न विभिन्न क्षेत्रका व्यक्तिको बाक्लो उपस्थिति थियो ।
‘नेपाल आइडल’मा अतिथिका रूपमा आएर गीत गाएपछि लोकप्रिय भएका पुष्पन प्राय विषयप्रधान गीत गाउँदै आएका छन् ।
तस्बिर : पुष्पनको फेसबुकबाट ।