site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि कप्तान रोहित भन्छन्– जित नजिक थियौँ, तर अझै पर बन्यौँ

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध एक रनले पराजित भएपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टिम जितको निक्कै नजिक भए पनि केही पर बनेको बताएका छन् । 

शनिबार बिहान वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो । ११६ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर ११४ रनमात्र बनाएपछि एक रनको साँघुरो हार व्यहोरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“म मेरो टिमप्रति गौरवान्वित छु । विशेषगरी जसरी हामी बलिङ र ब्याटिङ गर्यौं । हामीले हिजो यो पिच देखेका थियौँ र यहाँ केही स्लो हुने अनुमान थियो । हामीलाई यस पिचमा स्पिनरलाई सहज हुने लागेर कुशल भुर्तेललाई बलिङमा ल्याएका हौँ,” रोहितले भने, “हामी निक्कै नजिक थियौँ तर, अझै पनि केही पर भयौँ । हामीले अन्तिम समयमा राम्रो गर्न सकेनौँ । तर पनि राम्रो प्रतिस्पर्धा गर्यौं । यस्तै खाले आगामी खेलमा हामी जित निकाल्ने टिम बन्नेछौँ ।”

हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिने निश्चित बनेको छ । समूह ‘डी’को चौथो स्थानमा रहेको नेपालले तीन खेलबाट एक अंक जोडेको छ । चार खेलबाट आठ अंक जोडेको दक्षिण अफ्रिका भने शतप्रतिशत नतिजासहित सुपर–८ मा प्रवेश गरिसकेको छ । 

Global Ime bank

नेपालले अब सोमबार समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय