site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पोखराबाट आएको प्रणालीले काठमाडौंमा वर्षा
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौंमा आज मौसममा बदली र वर्षाको सम्भावना छ । पूर्वबाट आएको मौसमी प्रणाली र स्थानीय प्रणालीका कारण काठमाडौंमा वर्षाको सम्भावना रहेको हो । 

“काठमाडौंमा बिहान करिब एकदेखि दुई घण्टा वर्षा हुनेछ,” मौसमविद् प्रतिभा मानन्धर बाह्रखरीसँग भन्छिन्, “त्यसपछि बादल लाग्ने र घाम लाग्नेक्रम दिनभर चल्नेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

मौसमविद् मानन्धरका अनुसार काठमाडौंमा दिउँसो केही समय मौसम खुल्नेछ । 

गएराति पोखरा र आसपासको क्षेत्रबाट आएको प्रणालीले काठमाडौंमा वर्षा गराएको उनको भनाइ छ । “पोखराबाट आएको प्रणालीले गराएको वर्षा रोकिसकेको छ,” उनले भनिन्, “अब हुने वर्षा पूर्वबाट आएको जलवाष्पयुक्त वायु र यहीँको स्थानीय वायुका कारण हुनेछ ।” 

Global Ime bank

पूर्वबाट आएको प्रणाली र काठमाडौंको स्थानीय वायु ‘मर्ज’ भइसकेको उनले जानकारी दिइन् । यी दुई प्रणालीले अब काठमाडौंमा वर्षा गराउनेछ । 

काठमाडौंमा आज तुलनात्मक रूपमा शीतल हुनेछ । मौसमविद् मानन्धरका अनुसार काठमाडौंको अधिकतम तापक्रम आज २८ देखि ३० डिग्री सेल्सियसको बीचमा रहनेछ । 

यसैबीच, आज दिउँसो कोसी प्रदेशका केही तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement