site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सुपर–८ मा पुग्ने अमेरिका एकमात्र एसोसिएट राष्ट्र, यी हुन् अन्य टिम 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सह–आयोजक वेस्ट इन्डिजले अफगानिस्तानविरुद्ध १०४ रनको सहज जित निकालेसँगै आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ समीकरण पूरा भएको छ । मंगलबार बिहान ग्रस इजलेटमा भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १६.२ ओभरमा ११४ रनमै समेटिएको थियो । 

यो जितसँगै वेस्ट इन्डिजले समूह ‘सी’ बाट सुपर–८ मा प्रवेश गर्दा शीर्ष स्थान निश्चित गर्‍यो । प्रतियोगिताको यस संस्करणमा सर्वाधिक २० टिमको सहभागिता थियो । जुन २ देखि सुरु भएको प्रतियोगिताको १६ दिन सकिँदा १२ टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चार समूहमा विभाजित टोलीमध्ये प्रत्येक समूहका दुई टोलीमात्र सुपर–८ मा प्रवेश गरे । सुपर–८ मा यसपटक समूह ‘ए’ बाट भारत र विश्वकपको अर्को आयोजक अमेरिकाले स्थान सुनिश्चित गरे । यो समूहबाट भारतले शीर्ष स्थान हासिल गर्दा पहिलोपटक विश्वकप खेलिरहेको अमेरिकाले पनि ‘डेब्यु’ मै सनसनीपूर्ण नतिजासहित सुपर–८ यात्रा तय गर्‍यो । 

अमेरिकामा जारी विश्वकपमा सुपर–८ मा पुग्ने एकमात्र एसोसिएट मुलुकसमेत हो । समूह ‘ए’ मै रहेको पाकिस्तानले भने विश्वकपमा समूह चरणमाथिको यात्रा जारी राख्न सकेन । सन् २००९ को विश्वकप च्याम्पियनसमेत रहेको पाकिस्तानसँगै आयरल्यान्ड र क्यानडा समूह ‘ए’ बाट घर फर्किने तीन टोली बने । 

Global Ime bank

समूह ‘बी’ बाट आईसीसीका प्रतियोगिताको सर्वाधिक सफल टिम अस्ट्रेलिया र साविक विजेता इंग्ल्यान्डले विश्वकपको यात्रा जारी राखे । समूह चरणमा अपराजित अस्ट्रेलिया शीर्ष र इंग्ल्यान्ड पाँच अंकसहित दोस्रो स्थानमा रहँदै आगामी चरणमा प्रवेश गरेका हुन् । पाँच अंक नै जोडे पनि नेट रनरेटमा पछि पर्दा स्कटल्यान्ड समूहको तेस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो । 

समूह ‘सी’ बाट वेस्ट इन्डिजले शीर्ष र अफगानिस्तानले दोस्रो स्थानमा रहँदै सुपर–८ को यात्रा तय गरे । वेस्ट इन्डिजले चार खेलमा शतप्रतिशत नतिजा ल्याउँदा अफगानिस्तानले तीन खेलमा जित निकालेको हो । यसै समूहमा रहेको साविक उपविजेता न्युजिल्यान्डले विश्वकपको पहिलो चरण पार गर्न सकेन । 

यस्तै, अन्य दुई एसोसिएट राष्ट्र युगान्डा र पीएनजी पनि समूह चरणबाटै घर फर्किए । समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बंगलादेशले क्रमशः शीर्ष र दोस्रो स्थानमा रहँदै सुपर–८ मा स्थान बनाए । समूह चरणमा अपराजित दक्षिण अफ्रिकाले आठ अंक जोड्दा बंगलादेश ६ अंकसहित आगामी चरणमा प्रवेश गरेका हुन् । यसै समूहमा रहेको सन् २०१४ को च्याम्पियन श्रीलंका भने पहिलो चरणबाट अघि बढ्न सकेन । 

यस्तै, नेदरल्यान्ड्स र १० वर्षपछि विश्वकपमा प्रतिस्पर्धा गरेको नेपाल पनि समूह चरणबाटै बाहिरिए । सुपर–८ मा प्रवेश गरेका आठ टिमलाई समूह–१ र समूह–२ गरी दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह–१ मा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश र भारत छन् । यस्तै, समूह–२ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज छन् । सुपर–८ का खेलहरू बुधबारदेखि सुरु हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement