site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकपमा नेपाल : आसिफ सबैभन्दा धेरै रन जोड्ने ब्याटर, दीपेन्द्र सर्वाधिक विकेट लिने बलर

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप–२०२४ मा ओपनर ब्याटर आसिफ सेख नेपालबाट सबैभन्दा धेरै रन जोड्ने ब्याटर बनेका छन् । अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा बलिङबाट विश्वभर चर्चा कमाए पनि नेपालकाे ब्याटिङ भने बिर्सनलायक थियो । नेपालबाट प्रतियोगिताभर कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । 

प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका आसिफले कुल तीन खेलमा ६३ रन बनाए । उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधक ४२ रन बनाए । प्रतियोगितामा यो नै नेपाली टिमबाट कुनै पनि ब्याटरले एकै इनिङमा बनाएको सर्वाधिक स्कोरसमेत बन्यो ।

Dabur Nepal
NIC Asia

यो सूचीको दोस्रो स्थानमा ३९ रनसहित अनिल साह र तेस्रो स्थानमा ३८ रनसहित कुशल मल्ल छन् ।

यस्तै, बलिङतर्फ दीपेन्द्रसिंह ऐरी नेपालबाट सबैभन्दा धेरै विकेट लिने खेलाडी बने । दीपेन्द्रले नेपालबाट विश्वकपमा तीन खेल खेल्दा सर्वाधिक ६ विकेट लिए । यो सूचीको दोस्रो स्थानमा कुशल भुर्तेल र तेस्रो स्थानमा सोमपाल कामी छन् । भुर्तेलले चार विकेट लिँदा सोमपालले नेपालबाट तीन विकेट लिएका थिए ।

१० वर्षपछि विश्वकपमा छनोट भएको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा थियो । यो समूहमा नेपालसँगै, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स, श्रीलंका र बंगलादेश थिए ।

प्रतियोगिताको समूह चरणबौ बाहिरिएको नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन । नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको थियो । दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा नेपाल र श्रीलंकाले समान एक अंक बाँडेका थिए । तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध एक रनले पराजित भएको नेपाल तेस्रो खेलमा बंगलादेशविरुद्ध २१ रनले निराश बनेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro