site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वडा कार्यालय पुग्नै ५ घण्टा ! १६ सय बढीमा छैनन् सडक सुविधा 
Siddhartha BankSiddhartha Bank

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ्ग र वडा नम्बर –५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल । तस्बिर : सन्तोष गौतम/रासस


काठमाडौं । नेपालका ६ हजार ७४३ वडाहरूमध्ये १ हजार ६६१ वडाका बासिन्दाले अझै पनि सवारी साधन सुविधा उपभोग गर्न पाएका छैनन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको अध्ययनले देशका २४.६३ प्रतिशत वडाका बासिन्दा सडकको अभाव हुँदा सवारी साधनको उपभोग गर्नबाट बञ्चित हुनु परेको देखाएको हो ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना, सामुदायिक प्रतिवेदन’ मा देशका सवारी साधनको सुविधा भएका वडा र यस्तो सुविधान नभएका वडाका विवरण समेटिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिवेदनमा वडाको केन्द्र (वडा कार्यालय)बाट सबैभन्दा टाढाको गाउँबस्तीसम्म पुग्न प्रयोग गरिने सवारी साधनमध्ये सवारी साधन र पैदल दुवै प्रयोग हुने देशभरिका वडाहरू ४ हजार ८६४ ओटा (७२.१ प्रतिशत) रहेको देखाइएको छ ।

सवारी साधन मात्रै प्रयोग गरिने वडाहरू २१८ वटा (३.२५ प्रतिशत) र सवारी साधन प्रयोग नहुने (पैदल मात्र) वडाहरू १ हजार ६६१ वटा (२४.६ प्रतिशत) रहेको प्रतिवेदनमा उल्लेख छ । 

Global Ime bank

“सबैभन्दा टाढाको गाउँबस्तीमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी वडाहरूमा पैदल यात्रा गर्नुपर्ने अवस्था देखिएको छ, जुन क्रमशः ४२५ वडा (५९.२ प्रतिशत) र ३४१ वडा (४६.५ प्रतिशत) रहेका छन्,” प्रतिवेदनमा भनिएको छ ।

अर्कोतर्फ सवारी साधनको प्रयोग र पैदल दुवै प्रयोग गर्ने वडाहरू मधेस प्रदेशमा सबैभन्दा बढी १ हजार १३० वटा (८८.९ प्रतिशत) देखिन्छ । मधेसपछि सवारी सधानको प्रयोग र पैदल यात्रा गरेपछि मात्र पुगिने सबैभन्दा बढी वडाहरू क्रमशः लुम्बिनीमा ७९१ वटा (८०.५ प्रतिशत) र वाग्मती प्रदेशमा ८६७ वटा (७७.३ प्रतिशत) छ ।

प्रतिवेदन अनुसार, वडा कार्यालयमा पुग्न पैदल सुविधा मात्र भएका वडाहरू कोशी प्रदेशमा २५८, मधेस प्रदेशमा ११३, वाग्मती प्रदेशमा २२१, गण्डकी प्रदेशमा १४९, लुम्बिनी प्रदेशमा १५४, कर्णाली प्रदेशमा ४२५ र सुदूरपश्चिम प्रदेशमा ३४१ वटा छन् ।

यस्तै, वडाभित्र सबैभन्दा टाढाको बस्ती, टोल वा गाउँमा जान सवारी साधनको मात्र प्रयोग हुने वडाहरू कोशीमा ४६, मधेसमा २८, वाग्मतीमा ३३, गण्डकीमा २७, लुम्बिनीमा ३८, कर्णालीमा १९ र सुदूरपश्चिममा २७ वटा छन् । 

अध्ययनले वडाभित्रका टाढाका बस्तीमा जाँदा सवारी साधन र पैदल दुवै प्रयोग गर्नुपर्ने वडाहरू कोशीमा ८५३, मशेसमा १ हजार १३०, वाग्मतीमा ८६७, गण्डकीमा ५८३, लुम्बिनीमा ७९१, कर्णालीमा २७४ र सुदूरपश्चिममा ३६६ वटा रहेको देखाएको छ । 

“सबैभन्दा टाढाको गाउँबस्तीमा पुग्न लाग्ने समयको आधारमा मधेस प्रदेशमा ३० मिनेटभित्र पुग्ने र ३० देखि ६० मिनेटभित्रमा पुग्न सकिने वडाहरू उल्लेखनीय रहेको देखिन्छ भने कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा १ देखि २ घण्टा लाग्ने वडाहरू धेरै रहेको छ,” प्रतिवेदनमा उल्लेख छ ।

देशभरिका २३० वडाहरूमा सवारी साधनको प्रयोग गरी टाढाको गाउँबस्ती जान सकिने देखिन्छ । यसमध्ये ३० मिनेटभित्र पुग्न सकिने वडाहरू १३० वटा (कुल वडाको १.९ प्रतिशत) मात्र छन् ।  पैदल हिँड्नुपर्ने वडाहरू १ हजार ६६१ मध्ये ३० मिनेटभित्र पुग्न सकिने वडाहरू २५२ वटा (कुल वडाको ३.७ प्रतिशत) र ३० देख ६० मिनेटभित्र पुग्न सकिने १९० वटा (कुल वडाको २.८ प्रतिशत) वडाहरू छन् ।

त्यसैगरी सवारी साधन र पैदल दुबै प्रयोग गर्नुपर्ने अवस्थामा ३० मिनेट लाग्ने वडाहरू ६३४ वटा (कुल वडाको ९.४५ प्रतिशत) छन् । ३० देखि ६० मिनेट र १ देखि २ घण्टा लाग्ने वडाहरू सबैभन्दा धेरै क्रमशः १ हजार ११५ (१६.५ प्रतिशत) र १ हजार ३७५ वटा (२०.४ प्रतिशत) वडाहरू रहेका छन् ।

प्रतिवेदनमा वडाका बासिन्दालाई आफ्नो वडा कार्यालय पुग्न सवारी साधन र पैदल दुवै माध्यमको प्रयोग गर्दा पनि ५ घण्टाभन्दा बढी समय लाग्ने वडाहरू थुप्रै रहेको देखाइएको छ । दुई वडाका बासिन्दालाई आफ्नो वडा कार्यालय जाँदा सवारी साधनको मात्र प्रयोग गर्दा पनि ५ घण्टा भन्दा बढी समय लाग्ने देखिन्छ । ती दुई मध्ये एउटा वडा लुम्बिनी प्रदेश र अर्को सुदूरपश्चिम प्रदेशमा रहेको छ ।

वडामा रहेको सबैभन्दा टाढको बस्तीबाट मोटरको प्रयोग गरी वडा कार्यालय पुग्न चारदेखि पाँच घण्टा लाग्ने वडाहरू चार वटा छन् । ती वडाहरू कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशमा एक–एक वटा छन् ।
 
वडामा सवारी साधनको सुविधा नभएको र पैदल हिँडेर वडा कार्यालय पुग्न ५ घण्टाभन्दा बढी समय लाग्ने वडाहरू देशभर ५३ वटा छन् । यस्ता वडाहरू कोशीमा ९, मशेसमा १, वाग्मतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा ३, कर्णालीमा ८ र सुदूरपश्चिममा ११ वटा छन् । 

पैदल हिँडेर वडा कार्यालय पुग्न ४ देखि ५ घण्टाको समय लाग्ने वडाहरू देशभर २४४ वटा छन् । प्रतिवेदनमा अनुसार, यीमध्ये कोशीमा ३९, मशेसमा १, वाग्मतीमा ३७, गण्डकीमा २१, लुम्बिनीमा २३, कर्णालीमा ६३ र सुदूरपश्चिम प्रदेशमा ५९ वटा छन् ।
 
वडा कार्यालय जाँदा सवारी साधन र पैदल दुवै माध्यमको प्रयोग गर्नुपर्ने तर पुग्न ५ घण्टाभन्दा बढी सयम लाग्ने वडाहरू देशभर २३१ वटा छन् । तीमध्ये कोशीमा ४४, मधेसमा ३, वाग्मतीमा ६०, गण्डकीमा २८, लुम्बिनीमा ५२, कर्णालीमा १९ र सुदूरपश्चिममा २५ वटा छन् ।
 
सवारी साधन र पैदल दुवै माध्यमको प्रयोग गरी वडा कार्यालय पुग्न चारदेखि पाँच घण्टा लाग्ने वडाको संख्या देशभर ८३५ छ । तीमध्ये कोशीमा २०२, मधेसमा २६, वाग्मतीमा २४३, गण्डकीमा १२७, कर्णालीमा १०८, कर्णालीमा ७० र सुदूरपश्चिममा ५९ वटा छन् ।

प्रतिवेदन अनुसार, नेपालमा १७ हजार ५९३ टोल बस्ती तथा गाउँ रहेका छन् । जसमध्ये सबैभन्दा बढी १० देखि २० वटा गाउँबस्ती हुने वडाहरू २ हजार १९८ वटा (३२.६ प्रतिशत) रहेका छन् ।  देशभरि २० वटाभन्दा बढी गाउँ बस्ती हुने वडाहरू १ हजार ६९१ रहेको र १ हजार ४७३ वडाहरूमा एकदेखि पाँचओटा वडाहरू मात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।
 
प्रदेशगत रूपमा सबैभन्दा कम गाउँ बस्ती र सबैभन्दा बढी गाउँबस्ती रहेका वडाहरू वाग्मती प्रदेशमा देखिएको छ । वाग्मती प्रदेशमा एकदेखि पाँच वटा गाउँबस्ती हुने वडाहरू ४९ वटा (४.४ प्रतिशत) र २० भन्दा बढी गाउँ बस्ती हुने वडाहरू ५१६ वटा (४६ प्रतिशत) छन् । 

समग्रमा सबैभन्दा बढी वडाहरू मधेस प्रदेशमा १ हजार २७१ वटा भए तापनि गाउँ बस्तीको सङ्ख्याको आधारमा वाग्मती प्रदेशमा सबैभन्दा बढी ३ हजार ६४९ वटा (२०.७ प्रतिशत) गाउँ बस्ती रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement