site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५५ वर्षको तथ्यांक– काठमाडौंमा कुन वर्ष कति गर्मी थियो ? 

काठमाडौं । काठमाडौंमा यो वर्ष नौ वर्षयताकै गर्मी भएको छ ।  यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम जेठ ११, १७ र २८ मा समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो । 

सन् २०१५ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस थियो ।  त्यसयता यो वर्ष अधिकतम तापक्रम धेरै पुगेको हो । सन् २०१५ को जुन ६ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको विभागको तथ्यांक छ । 

गत वर्ष काठमाडौंको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस मापन गरिएको थियो । १० जुनमा गत वर्षको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस थियो ।  

सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ भएको छैन ।  विभागका अनुसार सन् १९७१ लाई सबैभन्दा काठमाडौंको शीतल वर्ष मान्न सकिन्छ । 

यो वर्षको अधिकतम तापक्रम २९.६ डिग्री सेल्सियस तापक्रम थियो । सन् १९७१ जुलाई १५ मा त्यो वर्षको अधिकतम तापक्रम २९.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro