site stats
बाह्रखरी :: Baahrakhari
खेल
पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी

पेरिस । जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मंगलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ। 

गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद् र ११ जना ओलम्पियन्सबीचको सहकार्यमा तयार भएको “रिङ्स अफ फायर“ प्रतिवेदनले बढ्दो तापक्रमका कारण पेरिसको अवस्था सन् २०२१ मा टोकियोमा भएको भन्दा खराब हुन सक्ने बताएको छ। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिवेदनमा सन् २०२४ को जुलाई–अगस्ट मा हुने पेरिस ओलम्पिकमा तीव्र गर्मीका कारण खेलका क्रममा प्रतिस्पर्धीहरू बेहोस हुने र ज्यान समेत गुमाउन सक्ने जस्तो जटिल अवस्था हुनसक्ने चेतावनी दिइएको छ । 

“रिङ्स अफ फायर“ प्रतिवेदनले सामान्यतया उत्तरी गोलार्धको उचाइमा गर्मीको समयमा आयोजना हुने प्रतियोगिताहरू जस्तै ओलम्पिक वा विश्वकप फुटबलका आयोजकहरूलाई आफ्नो तालिकामा पुनर्विचार गर्न आग्रह गरेकाे छ। 

अध्ययनले गर्मीको जोखिमबाट बच्न पुनर्जलिकरण र शितलनका योजनाहरू पनि प्रदान गर्नुपर्ने तर्क गरेको छ।

जुलाई २६ देखि अगस्ट ११ सम्म चल्ने पेरिस ओलम्पिक फ्रान्सको राजधानीमा सामान्यतया सबैभन्दा गर्मी समयमा हुने तयारीमा रहेको छ । रासस / एएफपी 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्