site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुवेतमा कामदार बस्ने ६ तले भवनमा आगलागी : ४१ जनाको मृत्यु, भवनमा नेपाली पनि रहेको आशंका
तस्बिर : रोयटर्स ।

काठमाडौं । दक्षिण कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आगलागीमा परी कयौँ घाइते भएका छन् ।

“आगलागीले ठूलो क्षति गरेको भन्ने सूचना पाउनबित्तिकै दूतावासबाट तीनजना बुझ्नका लागि पठाएको छु,” कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले बाह्रखरीसँग भने, “उक्त घरमा नेपाली पनि रहेको भन्ने गैरआवासीय नेपाली साथीहरूले भन्नुभएको छ । विस्तृत विवरण आएको छैन ।”

उनका अनुसार घटनास्थलमा बुझ्नका लागि कुवेतस्थित नेपाली दूतावासका कन्सुलर सुजनी राना, श्रम सहचारी गिरीप्रसाद आचार्यसहित तीन जनालाई पठाइएको छ ।

“अहिलेसम्म घटनामा नेपाली परेको भन्ने कुनै सूचना आएको छैन । तर त्यहाँ नेपाली पनि रहेको भन्ने सूचना आएपछि बुझ्नका लागि तीनजना पठाएका हौँ,” राजदूत लम्सालले भने ।

आगलागीको घटना स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे भएको थियो । आगलागी नियन्त्रणमा आएपछि कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ साउद अल–सबाह घटनास्थल पुगेका थिए । उनले नै कम्तीमा ४१ जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

उपप्रधानमन्त्री अल–सबाहले घरजग्गा मालिकमाथि नियमको उल्लघन गरी भवन बनाएको आरोप लगाएका छन् ।

“जुन भवनमा आगलागी भएको थियो, त्यो भवनमा कामदारहरू बस्नका लागि प्रयोग हुन्थ्यो । त्यहाँ ठूलो संख्यामा कामदारहरू थिए । आगलागीपछि दर्जनौँको उद्धार गरियो, तर दुर्भाग्यवश आगोको धुवाँको कारण धेरैको मृत्यु भयो,” एकजना वरिष्ठ प्रहरी कमान्डरले समाचार संस्था रोयटर्ससँग भनेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro