site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इंग्ल्यान्डका खेलाडीप्रति जातीय नारा लगाइएको विषयमा यूईएफएले सुरु गर्‍याे अनुसन्धान
Siddhartha BankSiddhartha Bank

काठमाडौं । युरो–२०२४ को खेलमा इंग्ल्यान्डका खेलाडीमाथि जातीय नारा लगाइएको विषयमा युरोपेली फुटबल महासंघ (यूईएफए) ले अनुसन्धान सुरू गरेको छ । युरोपेली फुटबलको नियमनकारी निकाय यूईएफएले उक्त घटनाका विषयमा अनुशासनात्मक अनुसन्धान अघि बढाइने जनाएको छ । 

महासंघमा यस घटनाबारे कसले उजुरी गरेको हो भन्ने विषयमा भने हालसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इंग्लिस टिमले उजुरी नगरेको जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार भएको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले सर्वियाविरुद्ध १–० को जित निकालेको थियो । यता, सर्वियन फुटबल संघले भने खेलका बेला विभिन्न वस्तुहरू मैदानमा फालिएको भन्दै यूईएफएमाथि असन्तुष्टि जनाएको छ ।

यसअघि कोसोभो फुटबल संघले पनि यूईएफएमा सर्वियाका समर्थकले ‘राजनीतिक र जातीय सन्देशपूर्ण नारा’ लगाइएको भन्दै उजुरी दर्ता गराएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement