site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भत्ता लिन ‍ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयमा कारण देखाऊ आदेश
Tiktok banner adTiktok banner ad

काठमाडौं । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको सुविधा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदातलले कारण देखाऊ आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । 

रिटमा सरकारले बिना तयारी राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको दाबी गरिएको छ ।

गत जेठ २४ गते मन्त्रिपरिषद्ले ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ३० गते सार्वजनिक सूचना जारी गरी कार्यान्वयनका लागि सर्कुलरसमेत जारी गरिएको थियो ।

सरकारले अत्यावश्यक भएर राष्ट्रिय परिचयपत्रको आावेदन दिने नागरिकलाई समेत समयमा उपलब्ध गराउन नसकेको बेला ज्येष्ठ नागरिकलाई अनिवार्य गर्ने निर्णय गरेको भन्दै त्यसविरुद्ध अधिवक्ता विमल पोखरेलले रिट दायर गरेका हुन् । उनको रिटमा सरकारको निर्णयले ज्येष्ठ नागरिकको सामाजिक न्यायको मौलिक हकमा गम्भीर असर पर्ने भएकाले तत्काल अन्तरिम आदेशमार्फत निर्णय कर्यान्वयनमा रोक लगाउन माग गरिएको छ । 

अधिवक्ता पोखरेलले भोट चाहिँदा घर–घर पुग्ने सरकारी नेतृत्वले सरकारको क्षमता र ज्येष्ठ नागरिकको अवस्था दुवै ख्याल नगरी हचुवामा अनिवार्य भन्दै गरेको निर्णय कार्यान्वयनयोग्य नरहेको उल्लेख गरेका छन् ।

पोखरेलले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भए टोलटोलमा अभियान चलाएर सबैले राष्ट्रिय पचियपत्र पाइसकेका यकिन भएपछि मात्र निर्णय कार्यान्वयन गर्न पनि माग गरेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro