देश

काठमाडौं । प्रहरीले काठमाडौंबाट खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका–६ का ३० वर्षीय विजय गुप्ता र कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय टंकबहादुर शाही छन् ।
उनीहरूको साथबाट २४० मिलिग्राम खैरो हेरोइन बरामद भएको हो । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको नागार्जुन नगरपालिका–२, सानो भर्याङबाट सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १७:५८
प्रतिक्रिया दिनुहोस्