site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप क्रिकेटः न्यूजिल्यान्डको पहिलो जित

काठमाडौं । आईसीसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 

वेस्टइन्डिजको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भर्खरै सम्पन्न खेलमा न्यूजिल्यान्डले युगान्डलाई नौ विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित दर्ता गराएको हो । जितसँगै समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले तीन खेलबाट २ अंक जोडेको छ । चार खेल खेलेको युगान्डाको २ अंक छ  ।

Prabhu Bank
Agni Group
NIC Asia

युगान्डाले प्रस्तुत गरेको ४१ रनको सामान्य लक्ष्य पच्छाएको न्यूजिल्यान्डले पाँच दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । न्यूजिल्यान्डका लागि डिभोन केन्वेले अविजित २२ रन बनाए । त्यस्तै फिनन् अल्लेनले नौ रन जोड्दा रचिन अभिन्द्र एक रनमा अविजित रहे । 

बलिङतर्फ युगान्डाका रियाजत अली शाहले एक विकेट लिए ।

Global Ime bank

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युगान्डाले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल बनाएको थियो । युगान्डाका लागि केनथ वाइस्वाले सर्वाधिक ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

युगान्डालाई सस्तैमा समेट्नेक्रममा न्यूजिल्यान्डका टिम साउथीले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान दुई/दुई विकेट लिए । त्यस्तै लोकी फर्गुसनले १ विकेट झारे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय