site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिष्ठानलाई ज्योतिको प्रश्न– श्लील र अश्लीलको परिभाषा गर्ने तिमी को हौ ?
SkywellSkywell

काठमाडौं । गायिका ज्योति मगरले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले लोक तथा दोहोरीगीतमा देखिएको विकृति न्यूनीकरणका लागि गरिरहेको कदमप्रति प्रश्न उठाएकी छन् । प्रतिष्ठानले लोक तथा लोकदोहोरी गीतका नाममा विकृति बढेको भन्दै केही कलाकारलाई स्पष्टीकरण सोधेको थियो । 

प्रतिष्ठानको उक्त कदमप्रति असन्तुष्ट ज्यातिले अप्रत्यक्ष रूपमा दिएको धम्की र प्रशासनमार्फत कारबाही गराउने चेतावनीको विरोध गरेकी छन् । प्रतिष्ठानको धम्की र चेतावनीले केही फरक नपर्ने उनको भनाइ छ । 

KFC Island Ad
NIC Asia

“विकृति न्यूनीकरणको नाममा स्पष्टीकरण माग्छौँ, कारबाही गर्छौं । प्रशासनसम्म पुग्छौँ, कानुनी कारबाहीको माग गर्छौंभन्दै नयाँ पुस्तालाई दिएका अप्रत्यक्ष धम्की र तिमीले गरेको यो लफडा आफूलाई चर्चामा ल्याउने र न्युजमा रहिरहने फण्डाबाहेक केही होइन,” सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छिन्, “केही लछारपाटो लाग्दैन । गुगल र युट्युबको नियमले नेपाली समाजमा केलाई अश्लील मान्ने र केलाई नमान्ने भन्ने कुरा स्पष्ट पारेको छ ।” 

सम्बन्धित देशको संविधानलाई मध्यनजर गर्दै गुगलले त्यस देशको डिजिटल प्लयाटफर्ममा मापदण्ड तयार गर्ने भन्दै उनी अश्लील भिडियोलाई युट्युब स्वयंले अपलोड गर्न नदिने बताएकी छन् । 

Royal Enfield Island Ad

विवाद भएका गीतहरू एडल्ट समूहमा नपर्ने भन्दै गुगलले अपलोड र प्रसारण गर्न अनुमति दिएको गीत हटाउन आदेश दिने तिमी को हौ ? उनले प्रश्न गरेकी छन् । 

आफूलाई ठूलो संस्कृतिविद् ठानेर नारा लगाउनु, अन्तर्वार्ता गर्नु पहिला वास्तविकता अध्ययन गर्न उनको आग्रह छ । श्लील र अश्लीलको परिभाषा मनमर्जी बनाउनु नै गलत भएको उनको टिप्पणी छ । 

लोकगीत र युट्युब कसैको बिर्ता नभएको भन्दै उनले स्वतन्त्र देशको स्वतन्त्र नागरिकलाई आफ्नो मनखुसी काम गर्न कसैले रोक्न नसक्ने उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro