site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय कुङ्फुमा काठमाडौं च्याम्पियन

काठमाडौं । तेस्रो राष्ट्रिय कुङ्फु प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ । आइतबार काठमाडौं १२ स्वर्ण, ६ रजत र दुई कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल कुङ्फु संघको आयोजना तथा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालको सहआयोजनामा भएको प्रतियोगितामा ललितपुर १० स्वर्ण, चार रजत र एक कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको धादिङले चार स्वर्ण, तीन रजत र पाँच कांस्य हात पार्‍यो ।

बेटर कलेक्सन, कीर्तिपुरका प्रोप्राइटर विनोद महर्जनले शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरे । 

कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको सान्डातर्फ पुरुषमा सुशिल तामाङ र महिलामा मनिशा विक उत्कृष्ट खेलाडी घोषित भए ।

Global Ime bank

थाउलोको पुरुषमा पुरुषमा रजिन च्यामे र महिलामा याङकी गुरुङ उत्कृष्ट खेलाडी चुनिए ।

दुईदिने प्रतियोगितामा विभिन्न १६ जिल्लाका १८० खेलाडीले सिनियर र जुनियरमा गरी ४४ स्पर्धामा प्रतिस्पर्धा गरेको सहआयोजक मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu