site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले गरे सन्यासको घोषणा
SkywellSkywell

काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३९ वर्षीय सुनिलले बिहीबार सामाजिक सञ्जालमार्फत फिफा विश्वकप छनोटअन्तर्गत जुन ६ मा हुने कुवेतविरुद्धको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

भारतीय टिममा दुई दशक बिताएका सुनिलले सन् २००५ मा पहिलो क्याप जितेका थिए । सन् २०१२ मा भारतीय टिमको कप्तानीमा नियुक्त भएका सुनिलले एकपटक एएफसी च्यालेन्ज कप, चारपटक साफ च्याम्पियनसिप, तीनपटक नेहरू कप, दुईपटक इन्टरकन्टिनेन्टल कप र एकपटक त्रिदेशीय शृंखलाको उपाधि जितेका छन् ।

KFC Island Ad
NIC Asia

उनले भारतीय टिमबाट १५० अन्तर्राष्ट्रिय खेलमा ९४ गोल गरेका छन् । हाल सक्रिय फुटबल खेलिरहेकामध्ये सुनिल उच्च अन्तर्राष्ट्रिय गोलकर्ताको तेस्रो स्थानमा छन् । सुनिलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी कप्तान लियोनल मेसी छन् ।

रोनाल्डोले २०५ खेलमा १२८ गोल र मेसीले १४८ खेलमा १०८ गोल गरेका छन् ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro