site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरले सानो गौचरनमा १५ सय दर्शक क्षमताको रंगशाला बनाउने 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सानो गौचरन रंगशाला पुनर्निर्माण सुरु गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर बिहीबार (आज)बाट पुनर्निर्माणको काम थालनी भएको हो । 

२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको थियो । बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको जिम्मा पाएको छ । 

स्टेडियम पुनर्निर्माणको शिलान्यास गर्दै उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन् । “सन्तुलित विकासका लागि भौतिक निर्माण, आर्थिक र सामाजिक विकाससँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनर्निर्माण गर्न लागेका हौँ,” उनले भनिन् । विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राखे । 

वडामा रंगशाला पुनर्निर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले धारणा राखे । “टोल र चोकहरूमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल ग्राउन्ड निर्माण हुन्छ । भत्केको पुलमा करिब पाँच रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, व्याटमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ,” प्रजापतीले कार्यान्वयनमा आएका योजनाका विषयमा जानकारी गराए । 

रंगशाला ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुनेछ ।

रंगशालाको भुइँतलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा महिलाका लागि सात र पुरुषका लागि पाँच वटा शौचालय हुनेछन् । रंगशालामा एउटा फिजियोथेरापी कक्ष, पुरुष र महिलाका लागि तीन–तीन वटा गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र दुई वटा टिम लकर हुनेछन् । 

निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ जना आवेदकले प्रस्ताव पेस गरेका थिए । छनोट भएको निर्माण पक्षलाई कार्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । रंगशाला १८ रोपनी एक आना दुई पैसा तीन दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शक क्षमता एक हजार ५०० जनाको हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro