site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे जिसान मक्सुद 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्समा अनुबन्धित ओमानका पूर्वकप्तान जिसन मक्सुद नेपाल आइपुगेका छन् । बिहीबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, हिमालयन विल्डर्स एन्ड इन्जियर्सका उपाध्यक्ष सुजन खनाललगायत व्यक्तिले स्वागत गरे ।

उनले ओमानका निम्ति ४८ एकदिवसीय खेलमा एक हजार २७३ रन बनाएका छन् । ७३ ट्वान्टी–२० खेलमा एक हजार ३६९ रन बनाएका छन् । यस्तै, बलिङतर्फ ट्वान्टी–२० आईमा ५१ विकेट लिएका छन् । उनी नेपाली क्रिकेटसँग नजिकबाट परिचित पनि छन् ।

Dabur Nepal
NIC Asia

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गएको साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टिममा अनुबन्ध गरिसकेको छ । उनी एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् ।

टिममा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात पनि छन् । यस्तै, टिममा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनाल, नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपीनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिएको छ ।

कर्णाली याक्सले यसअघि कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरिसकेको छ । टिमको युथ एम्बास्डरमा सिसन बानियाँ छन् । हस्पिटालिटी पार्टनरमा होटेल हिल्टन रहेको छ ।

प्रतियोगिता यही मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुर बोल्टको सामना गर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro