site stats
बाह्रखरी :: Baahrakhari
खेल
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा 

काठमाडौं । सुदूरपश्चिम रोयल्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न न्युजिल्यान्डका स्कट कुगेलेइन र इंग्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन् । दुवै खेलाडी बुधबार नेपाल आइपुगेका हुन् । 

उनीहरूलाई टोलीका व्यवस्थापक रवि तिमल्सिनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । न्युजिल्यान्डका लागि टेस्ट, ओडीआई र टी–२०आई तीनै संरचनामा खेलेका स्कटले पछिल्लोपटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए । 

Argakhachi Cement Island Ad

उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ । तीव्र गतिको बलिङ गर्ने उनीसँग तल्लोक्रममा ठूला सट खेल्ने क्षमता छ । स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उनले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन् ।

टी–२० क्रिकेटमा २६ को औसतले १६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १३४ को स्ट्राइक रेटले एक हजार २२ रन उनको नाममा छ । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उनले २७ को औसतमा रन जोड्दै चार शतक र १८ अर्धशतक प्रहार गरेका छन् । 

२६ वर्षीय बायाँ हाते अलराउन्डर जेबसँग काउन्टी क्रिकेटको पनि अनुभव छ । सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रूपमा भित्र्याएके छ ।
 
एनपीएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् । 

सुदूरपश्चिमको टोली 

दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (यूएई)

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्