site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय नागरिकलाई ‘ग्रीन नोबेल’ पुरस्कार
SkywellSkywell

नयाँ दिल्ली । कोइलाखानीबाट जंगलमा हुने क्षतिविरुद्ध अभियान चलाएका ४३ वर्षीय भारतीय नागरिक आलोक शुक्लाले ‘ग्रीन नोबेल’ समेत भनिने गोल्डम्यान पर्यावरण पुरस्कार पाएका छन् । सन् २०१२ देखि उनले भारतको छत्तीसगढमा प्रस्तावित कोइलाखानीका कारण हास्देओ अरन्य वनमा क्षति हुने जनाउँदै  सोही समयदेखि लगातार अभियान सञ्चालन गर्दै आएका थिए । 

उनको अभियानले चार लाख ४५ हजार एकड जमिनमा फैलिएको जैविक विविधतायुक्त वन  जोगिएको थियो । त्यहाँ २१ कोइला खानी बनाउने योजना रहेकोमा उनको अभियानले ती योजना रद्द गरिएका थिए ।

KFC Island Ad
NIC Asia

छत्तीसगढको सो वनमा योजना गरिएका २१ कोइला खानीसम्बन्धी निर्णय उनको प्रतिरोध आन्दोलनका कारण सरकारले जुलाई २०२२ मा रद्द गरेको थियो ।उनले वन संरक्षणका लागि खेलेको भूमिकाको मूल्यांकन गर्दै उनी अहिले २ लाख अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्ने सूचीमा परेका हुन् । 

अमेरिकाको सानफ्रान्सिस्कोस्थित गोल्डम्यान इन्भाएरमेन्ट फाउन्डेसनले सन् १९८९ देखि हरेक वर्ष सो पुरस्कार प्रदान गर्दै आएको छ । हालसम्म ९५ देशका २२६ जनाले सो पुरस्कार पाइसकेका छन् । जसमध्ये १०२ महिला छन् । पुरस्कारको उद्देश्य ग्रासरुट क्षेत्रका वातावरणको संरक्षणमा लागेका व्यक्तिलाई प्रोत्साहन गर्नु रहेको छ ।

Royal Enfield Island Ad

उनीसँगै ब्राजिल, अष्ट्रेलिया, स्पेन, अमेरिका र दक्षिण अफ्रिकाका ग्रासरुट तहमा वातावरण संरक्षण गर्न योगदान गर्ने व्यक्तिहरूले समेत २०२४ को सो पुरस्कार पाएका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro