site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तनहुँ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दमौली (तनहुँ) । जिल्ला कारागारमा ३२३ कैदीबन्दी छन् । दैनिकरूपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल १६८ कैदी र १५५ थुनुवा गरी ३२३ जना कारागारमा छन् । कारागारमा महिलातर्फ २० र पुरुषतर्फ ११४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपरेको छ ।

कारागारमा कर्तव्य ज्यानका ४८, ज्यान मार्ने उद्योगका दश, सवारी ज्यानका २३, चोरीका ३२, बहुविवाहका पाँच, लागुऔषधका ६९, डाकाचोरीका १३, ठगीका तीन, मानव बेचबिखनका चार, जबर्जस्ती करणीका ९०, जबर्जस्ती करणी उद्योगका सात, अपहरणका तीन, भ्रष्टाचारका एक, हातहतियार खरखजानाका चार र अन्य नखुलेका ११ कैदीबन्दी छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement