site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘अटोमेटिक’ प्रणालीबाट ९ दिनमा १२ विदेशी लगानी स्वीकृत, १५ प्रक्रियामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्योग विभागको स्वचालित वा अटोमेटिक विदेशी लगानी स्वीकृत गर्ने प्रणालीबाट १२ वटा विदेशी लगानीसम्बन्धी आवेदन स्वीकृत भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले तेस्रो लगानी सम्मेलनको दोस्रो दिन यसै वैशाख १७ गते यस्तो प्रणाली सञ्चालनमा ल्याएको थियो । त्यसयता ९ दिनमै १२ वटा विदेशी लगानी स्वीकृत भइसकेको उद्योग विभागले जानकारी दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले १५ वटा लगानी स्वीकृत हुने क्रममा रहेको बताए । “अटोमेटिक रुट सञ्चालनमा ल्याएयता १२ वटा लगानी स्वीकृत भइसकेका छन् । १५ वटा प्रक्रियामा छन्, उनीहरूको कागजात नपुगेर आवेदन हुने क्रममा होला,” निर्देशक धामीले भने ।

विभागका अनुसार कुल पुँजी ५० करोडसम्म हुनेगरी शतप्रतिशत सेयर वा संयुक्त सेयर स्वामित्वको कम्पनी स्थापना गर्न वा सञ्चालनमा रहेका कम्पनीमा विदेशी लगानी वृद्धि गर्न विभागको वेबसाइटमा गएर अनलाइनबाटै आवेदन दिन सकिन्छ ।

Global Ime bank

त्यस्तो आवेदन दिनेबित्तिकै अटोमेटिक वा स्वचालितरूपमा उक्त लगानी स्वीकृत गरिएको पत्र इमेलबाट सम्बन्धित व्यक्ति वा संस्थाले प्राप्त गर्नसक्ने विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement