site stats
बाह्रखरी :: Baahrakhari
खेल
योजना र कार्यक्रमका आधारमा खेल संघलाई बजेट : सदस्य–सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरूको कार्यक्रम र योजनाका आधारमा बजेट दिने व्यवस्था गरिने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित ‘खेलकुदमा योजना र बजेट कस्तो ?’ भन्ने विषयक खेलकुद पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आगामी बजेटमा खेल संघको कार्यक्रम र पेस गरेको योजनाका आधारमा बजेटमै अनुदानको व्यवस्था गरिने बताए । उनले खेलकुदले पाएको बजेटलाई प्राथमिकताका आधारमा खर्च गरिने पनि बताए ।

‘‘राखेपले दुई सय नौ मा रहेको खेल संघको संख्यालाई ६१ मा घटाइएको छ । बजेट विनियोजनको हिसाबले पनि पदक र राष्ट्रिय महत्त्वका खेललाई ध्यान दिइनेछ । खेलकुदमा बजेट पर्याप्त नहुने र भएको बजेटलाई पनि खर्च गर्न नसकिने अवस्थालाई चिर्न आवश्यक छ,’’ उनले भने ।

नेपालको कुल बजेटमध्ये खेलकुदले ०.१२ प्रतिशत बजेट पाउने र त्यसमा पनि ठूलो हिस्सा कर्मचारीको तलब भत्तामा जाने गरेको छ ।

Global Ime bank

राखेपले कर्णाली प्रदशेमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदलाई मुख्य प्राथमिकतामा राखेको र यसको अपनत्व प्रदेश स्वयंलाई दिन लागेको पनि सदस्य–सचिव घिसिङले बताए ।

राखेपले राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट मैदान, विराटनगर र भरतपुरको मैदानलाई छिटो सम्पन्न गरिसक्ने योजनाका साथ अगाडि बढेको सदस्य–सचिव घिसिङले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu