काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘अगस्त्य च्याप्टर– १’मा दर्शकको अकुपेन्सी बढेको निर्माण पक्षले बताएको छ । सुरुआतमा देशभरका १११ हलमा रिलिज भएको चलचित्रको शुक्रबार ४५ प्रतिशत अकुपेन्सी देखिएको निर्माण पक्षको दाबी छ ।
त्यसयता विस्तारै हलमा अकुपेन्सी बढ्दै गएको बताइएको छ । चलचित्रले ढेड करोड ग्रस कलेक्सन गरेको निर्माण पक्षले बताएको छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र २ घण्टा ५० मिनेट लामो छ । चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, प्रमोद अग्रहरि, मलिका महतलगायत कलाकारको अभिनय छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन छ ।