site stats
बाह्रखरी :: Baahrakhari
खेल
नामिबियाविरुद्ध कुशलको अर्धशतक 

काठमाडौं । त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालका कुशल मल्लले ५० रन पूरा गरेका छन् । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालबाट कुशलले ३० बलमा एक चौका र चार छक्कासहित अर्धशतक पूरा गरे । 

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो चौथो अर्धशतक हो । जारी खेलको १६.२ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १४८ रन बनाएको छ । 

त्यसअघि नेपालले ओपनर आसिफ सेखलाई एक रन र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत १० रनमा गुमाएको थियो । 

अनिल साहलाई २३ र गुल्सन झालाई २६ रनमा गुमाएको थियो । शृंखलामा यसअघि दुई खेल खेले पनि नेपाल हालसम्म जितविहीन छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu