site stats
बाह्रखरी :: Baahrakhari
खेल
आदिवासी रंगशाला निर्माण छिटो सम्पन्न गर्न निर्देशन
फाइल तस्बिर ।
Global Ime bank

दमक । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रंगशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार रंगशालाको स्थलगत अवलोकन गर्दै उनले समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिए । 

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषद्मार्फत रंगशाला निर्माणका लागि यस वर्ष एक करोड बजेट विनियोजन भएको छ  । रंगशाला निर्माणका लागि प्रतिष्ठानका महासचिव राईका अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरी काम भइरहेको गठित निर्माण उपभोक्ता समितिका सचिव रविन गुरुङले बताए ।

विसं २०६९ देखि निर्माण थालिएको यो रंगशाला नामकरणको विवादका कारण केही समय निर्माण ओझेलमा परेको थियो । सरकारबाट यो अवधिमा पटकपटक गरी रु दुई करोड बढी बजेट बिनियोजन गरेर खेलमैदान सम्याउने, घेराबेरा लगाउनेजस्ता केही प्रारिम्भक चरणका काम भए पनि विस्तृत आयोजना प्रतिवेदनअनुसार काम हुनसकेको थिएन । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu