काठमाडौं । पछिल्लो समय अग्रज कलाकारले पुनः सिनेमाको अभिनयमा फर्किने प्रयास गरिरहेका छन् । यसको पछिल्लो उदाहरण हुन्, रेजिना उप्रेती ।
रेजिना चलचित्र ‘मोदिबेनी’बाट कमब्याक गर्दै छिन् । रेजिनाले चलचित्र ‘मोदिबेनी’मा काम गर्ने पक्का भएको छ । यो चलचित्रमा अभिनय गर्दा उनी करिब नौ वर्षपछि पर्दामा देखिनेछिन् । रेजिनाले पछिल्लो चलचित्र ‘वरदान’मा अभिनय गरेकी थिइन् ।
‘कमब्याक’ गर्दै पुराना कलाकार, नवीन भन्छन्– रूपान्तरण नगरी नआए हुन्छ
यही चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दै छन् । उनी थिएटर आर्टिस्ट हुन् । दिलीप केसीको पनि अभिनय रहने यो सिनेमामा अभिनेता सरोज खनालले पनि प्रमुख भूमिका निभाउनेछन् ।
शंकर कोइरालाले निर्देशन गर्ने चलचित्रको कथा आनन्द बिक्रम क्षेत्रीले लेखेका हुन् । चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।
चलचित्र माघ १६ गतेदेखि छायांकनमा जानेछ ।