site stats
बाह्रखरी :: Baahrakhari
कला
‘मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को  ‘लाइनअप’ सार्वजनिक 

काठमाडौं । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक भएको छ । 

बाह्रौँ संस्करणको महोत्सव मंसिर २४ देखि २७ गतेसम्म चल्नेछ । महोत्सवमा नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएको महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए । 
 
“यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुन आएका छन् । मानवअधिकारसँग सम्बन्धित चलचित्रको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको छौँ”, निर्देशक खत्रीले भनेका छन् । 

Argakhachi Cement Island Ad

उनले ‘अल वी इमाजिन एज लाइट’, ‘द म्यान हु कुड्नट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’, ‘ओटिट’ गायत चलचित्रको सहभागिताले महोत्सवको रौनकता बढाउने बताएको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 
मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुन लागेको महोत्सवमा मानवअधिकार पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी सञ्चालन हुने बताइएको छ । 

महोत्सव काठमाडौंस्थित चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्