site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हल्दीबारीमा गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
प्रतीकात्मक तस्बिर ।

झापा । हल्दीबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ ।

गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनका अनुसार, स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ ।

गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरूप दुई हजार रुपैयाँ प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । पालिकाबाहिर जानुपरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । निःशुल्क प्रयोगशाला सुविधा पनि दिइँदै आएको छ ।

गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत चार लाख २९ हजार रुपैयाँ खर्च भएको थियो ।

साथै, गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार कोष स्थापना गरेको छ । गत आवमा उक्त कोषबाट पाँच लाख २८ हजार रुपैयाँ सहायता प्रदान गरिएको थियो । चालु आवमा हालसम्म कोषमार्फत एक लाख ५०० रुपैयाँ आर्थिक सहयोग परिचालन गरिएको अध्यक्ष लिङदेनले बताए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro