
कैलाली । स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गरेका छन् । उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईलाई संयुक्त रूपमा बिहीबार २५० वटा झोला हस्तान्तरण गरेका हुन् ।
समाजसेवी बिनाडीले नवप्रसूतालाई सघाउने उद्देश्यले आफूले झोलाको व्यवस्था गरेको बताए । झोलामा सुत्केरीका निम्ति गाउन, शिशुका लागि भोटो, दौरा र न्यापकिनको व्यवस्था गरिएको छ । अस्पतालले सुत्केरी हुनेलाई एउटा झोला उपलब्ध गराउँदै आएको छ ।
अस्पतालले उपलब्ध गराउने झोला प्रयोग गरेका सुत्केरीले त्यसमा भएका सामग्रीले आफू र शिशुलाई दुई महिनासम्म सहज भएको बताए । रासस