site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘कमब्याक’ गर्दै पुराना कलाकार, नवीन भन्छन्– रूपान्तरण नगरी नआए हुन्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र उद्योगमा पुराना कलाकारले ‘कमब्याक’ गर्ने प्रयास गरिरहेका छन् । केही कलाकारले यसअघि नै यो प्रयास गरेका थिए ।

लामो समय नेपाली सिनेमामा काम गरेर पलायन भएका कलाकार पुनः पुरानै कर्ममा फर्कने प्रयासमा गरिरहेका हुन् । चलचित्र कर्ममा लोकप्रियता कमाएका कलाकार फेरि अभिनयमा फर्कन चाहेका हुन् । अभिनेता उत्तम प्रधान, अभिनेत्री पूजा चन्द, विपना थापा, ऋचा घिमिरेलगायत कलाकारले कमब्याकको प्रयास गरिरहेका छन् ।

उत्तमले चलचित्र ‘म्याउँ’बाट पुनः नेपाली सिनेमामा फर्कने प्रयास गरेका छन् । जयराज राय निर्देशित चलचित्रमार्फत उनी फेरि नेपाली दर्शकमाझ आउन लागेका हुन् । उत्तम ‘दर्पण छाया’, ‘लहना’लगायत चलचित्रबाट रुचाइएका नायक हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पूजा चन्द कुनै समय लोकप्रिय नायिकामा गनिइन् । दर्जनौँ चलचित्रमा काम गरेकी उनका थुप्रै सिनेमा सफल छन् । पूजाले ‘भूठान’मार्फत कमब्याकको प्रयास गरिरहेकी छन् । विनोद पौडेलको निर्देशनमा चलचित्र अहिले अमेरिकाको ओहायो राज्यमा छायांकन गरिँदै छ । हरिवंश आचार्य र दयाहाङ राई मुख्य भूमिकामा रहेको यो चलचित्रमा हलिउड स्टार ब्रुस डर्नले पनि अभिनय गरिरहेका छन् ।

यही चलचित्रबाट ऋचा घिमिरेले पनि नेपाली रजतपटमा फर्कने प्रयास गरेकी छन् । थुप्रै सिनेमामा काम गरेपछि उनी अमेरिका गएकी थिइन् । ऋचा टेलिसिरियलमा पनि रुचाइएकी कलाकार हुन् ।

Global Ime bank

राजबल्लभ कोइरालाले समेत कमब्याकको प्रयास गरिरहेका छन् । ‘कामिनो’मार्फत उनी अभिनयमा फर्कने कोसिसमा थिए । यसबारे राजबल्लभले फेसबुकमार्फत जानकारी नै गराएका थिए । तर, ‘कामिनो’ फिल्म नै बनेन । 

कमब्याकको कोसिस गर्नेमा विपना थापा पनि हुन् । उनी ‘ह्रस्व द्रीर्घ’मार्फत नेपाली सिनेनगरीमा पुनः प्रवेश गर्ने प्रयास गरिरहेकी छन् । चन्द्र पन्त निर्देशित चलचित्रमा उनी मुख्य कलाकारमध्येकी एक हुन् ।

यसअघि, सरोज खनाल, रमेश उप्रेती लामो समय अमेरिका बसेर नेपाल फर्किएका थिए । पुनः चलचित्र उद्योगमा सक्रिय हुने प्रयास गरे । सरोज र बिराज भट्टले चलचित्र निर्देशन नै गरे । सरोज निर्देशित ‘बगान’ले राम्रै कलेक्सन पनि गर्‍यो ।

अभिनयमा भने कमब्याकको प्रयास गरेका अधिकांश कलाकार सफल देखिएका छैनन् । फरक उमेर समूहका कलाकार आउनु चलचित्र क्षेत्रका निम्ति सुखद पक्ष भएको निर्देशक नवीन सुब्बा बताउँछन् ।

“फरक उमेर समूहका कलाकारको अभाव रहेका बेला कलाकारहरू पुनः फर्किन खोज्नु राम्रो हो,” उनी स्पष्ट पार्छन् । तर, कमब्याक गर्न खोज्ने कलाकार स्टारडमबाट कति मुक्त हुन्छन् त्यसले ठूलो अर्थ राख्ने उनको भनाइ छ ।

स्टारडम चलेकै समयको कथा, त्यस्तै चरित्र खोजेर आए अहिलेको सन्दर्भमा सान्दर्भिक नहुने उनी बताउँछन् । स्टारडम चलेको समयभन्दा अहिलेको अवस्था फरक रहेको नवीनको बुझाइ छ ।

“समय धेरै अगाडि बढिसकेको छ । हाम्रा दर्शकको रुचिमा पनि धेरै रूपान्तरण भइसकेको छ । उनीहरू आउँदा जुन उमेर समूहमा छन्, उनीहरू अहिलेको शैलीमा भनिएका कथामा आए भने निकै राम्रो हुन्छ,” नवीन स्पष्ट पार्छन्, “तर, अहिले जति पनि प्रयास देखिएका छन्, पुरानै खालका चलचित्रबाट आउने प्रयास गरिरहेको देखिन्छ ।”

कलाकारले आफूलाई अपडेट नगरेको र सिनेमाप्रतिको बुझाइमा परिवर्तन पनि नदेखिने नवीनको टिप्पणी छ । आफूलाई रूपान्तरण नगरेसम्म प्रयास सफल नहुने उनी बताउँछन् ।

“आफूलाई अपडेट नगरी आउनु भनेको फेरि पुरानै गल्ती दोहोर्‍याउनु हो । नयाँ रुचि र समयानुसार आफूलाई रूपान्तरण नगर्ने हो भने किन आउनु ? नआए हुन्छ,” नवीन भन्छन् ।

कलाकार अपडेट नहुँदा एकाध चलचित्रमा देखिएर पुनः बिदा भइरहेको अवस्था जगजाहेर रहेको उनी सुनाउँछन् । “पुराना कलाकार अनुभवले खारिएका छन् । अनुभवको लामो सँगालो र विरासत छ । त्यो हाम्रो सिनेमाका लागि उपयोगी हुन्छ,” नवीन अगाडि थप्छन्, “तर, अहिलेको चेतनाअनुसार उनीहरूले आफूलाई अगाडि बढाउनुपर्छ ।”

नायिका करिष्मा मानन्धर पनि समयानुसार आफूलाई अपडेट गर्दै जान आवश्यक रहेको औँल्याउँछिन् । अपडेट नभए टिकिरहन सहज नहुने उनको भनाइ छ ।

“हिरो/हिरोइनको इमेज बनाएका कलाकारलाई अहिले पनि त्यस्तै लोकप्रियता टिकाइरहन कठिन हुन्छ होला,” करिष्मा भन्छिन्, “यसका लागि अहिलेको समय र रुचिअनुसार आफूलाई अपडेट पनि गर्नुपर्छ होला ।”

सुरुका वर्षमा कलाकार भारतीय सिनेमा र त्यहाँको अभिनय शैलीबाट प्रभावित भए पनि अहिले स्थिति फरक भइसकेको उनी बताउँछिन् । अहिले बलिउडमा पनि सिनेमा निर्माण र अभिनयमा परिवर्तन आइसकेको उनको सुनाउँछिन् । यद्यपि, अघिल्लो पुस्ताका कलाकार विस्थापित हुँदै जाने र नयाँ जेनेरेसनका आउने स्वाभाविक भएको उनको भनाइ छ ।

प्रकृतिको चक्र नै नयाँले पुरानालाई विस्थापित गर्दै जाने भएकाले यसलाई स्वीकार गर्न सक्नुपर्नेमा उनको जोड छ ।

पछिल्लो समय रियालिस्टिक जानरामा धेरै सिनेमा बनाइएको छ । हिरो/हिरोइनको इमेज बनाएका कलाकारले तत्कालीन समयमा गरेको जस्तै रोल अहिले पाउने/नपाउने भन्ने अर्को पक्ष रहेको उनी बताउँछिन् । परिवर्तित समयानुसार चलेका कलाकारले निरन्तर काम गरिरहेको करिष्माको धारणा छ ।

“मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दाइले अहिले पनि काम गरिरहनुभएको छ । नीर शाह, गौरी मल्ल, मिथिला शर्मालाई अहिले पनि हामी मुख्य भूमिकामा देखिरहेका छौँ,” उनी अगाडि थप्छिन्, “उहाँहरूलाई सुहाइरहेको छ । दर्शकले रुचाइरहनुभएको छ । रियालिस्टिक जानरामा बनेका सिनेमामा पनि पुराना कलाकारले काम गरिरहनुभएको छ ।” 

केही समय सिनेमा उद्योगबाट टाढा रहेका कलाकारलाई भने पुनः कसरी फर्कने भन्ने समस्या हुने गरेको करिष्मा बताउँछिन् । “केही समय ग्याप भएपछि कसरी आउने भन्ने हुन्छ । प्रोडक्सनमा आबद्ध भएर आउने अथवा अभिनयबाट आउने भन्ने हुन्छ । अभिनयबाट आउनलाई यो क्षेत्रसँग लिंक टुटिसकेको हुँदो रहेछ,” उनी भन्छिन्, “त्यसैले प्रोडक्सनबाट आउनुपर्ने अवस्था पनि हुन्छ । अभिनयसँगै सिनेमाका अन्य विधाबाट आउँदा पनि अपडेट हुन आवश्यक छ ।”

मेकिङमा समेत ठूलो परिवर्तन भइसकेको उनी सुनाउँछिन् । पहिला औसतमा चल्ने सिनेमाले पनि लगानी उठाउने गरेकामा अहिले त्यस्तो अवस्था नरहेको उनको बुझाइ छ । “पहिला औसतमा बन्ने सिनेमाले पनि लगानी मजाले उठाउँथे,” उनी भन्छिन्, “तर, अहिले चल्ने सिनेमाले राम्रै कमाउँछ, होइन भने नचल्ने सिनेमा चल्दै चल्दैन ।”

अभिनयसँगै मेकिङमा जोडिएकाले भुवन केसी अहिले पनि सक्रिय रहेको करिष्मा बताउँछिन् । लगानी सुरक्षाका हिसाबले भने निर्माणमा सहज नरहेको उनको भनाइ छ । यद्यपि, राम्रो बनाए ‘लार्जर देन लाइफ’ सिनेमा पनि चल्ने उनी स्पष्ट पार्छिन् ।

“बलिउड मात्रै होइन, रियालिस्टिक सिनेमा बनाउने भनेर ठूलो छवि बनेको देश कोरियामा पनि लार्जर देन लाइफ सिनेमा बनिरहेका छन्,” उनी भन्छिन्, “सिनेमाका विभिन्न जानरा हुन्छन् । रियालिस्टिक, कमेडी, थ्रिलर त्यस्तै लार्जर देन लाइफ पनि एक हो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC