site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस केन्द्रीय समिति बैठक : महामन्त्री थापाले प्रस्तुत गरे प्रगति विवरण

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठक झण्डै डेढ घण्टा ढिला गरी सुरु भएको हो । 

बैठकमा महामन्त्री गगन थापाले अघिल्लो बैठकमा गरेका निर्णयहरू कार्यान्वयनको अवस्थासहित आगामी कार्ययोजनाका बारेमा जानकारी गराए । 

उनले यसअघिको बैठकबाट भदौ १५ भित्र विभाग बनाउने निर्णय भएकोमा अहिलेसम्म १६ विभाग बनेको र ५४ विभाग बन्न बाँकी रहेको जानकारी दिए । 

गठन भएका १६ विभागमध्ये प्रचार विभागको मात्र विस्तार भएको भन्दै अन्य विभागको विस्तार बाँकी रहेको बताए । 

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिहरू विभिन्न जिल्लामा गएको भन्दै सबैका प्रतिवेदन आइसकेको बताएका छन् ।

उनले अब सबै प्रतिवेदन राखेर प्रदेशवाइज छलफल गर्ने तयारी रहेको बताउँदै आवश्यक सुझावका लागि तयार हुन आग्रह गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro