काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीबार) संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सम्बोधन गर्दै छन् ।
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड गएको भदौ ३० गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए । बिहीबार राष्ट्रसंघको महासभामा सम्बोधन गरेपछि उनी शुक्रबार न्युयोर्कबाट सिधै चीन भ्रमणमा जानेछन् ।
प्रधानमन्त्री प्रचण्डले बुधबार न्युयोर्कमा राष्ट्रसंघको ७८औँ महासभाका अवसरमा आयोजित महामारी रोकथाम, तयारी तथा प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल आफ्नो जनस्वास्थ्य संरचनालाई सुदृढ बनाउन प्रयासरत रहेको बताएका थिए ।
बुधबार नै प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा जलवायुसम्बन्धी सम्मेलनमा सम्बोधन गरेका थिए ।