site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने विषयबारे प्रधानमन्त्रीले गराए संसद्लाई जानकारी 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने विषय संसद्लाई जानकारी गराएका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय लिएर उनले नेपालले यस वर्ष ४७ वटा अल्पविकसित देशको अध्यक्षता गर्दै प्रतिनिधित्व गरेर यी देशका साझा समस्या र चुनौतीको विषयमा विश्वसको ध्यानाकर्षण गर्ने बताए ।

Dabur Nepal
NIC Asia

उनले महासभामा नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास तथा समुन्त नेपाल निर्माणको प्रयासलाई आफूले मुखरित गर्ने बताए । 

उनले आफू दिगो विकास, जलवायु परिर्वतन र स्वास्थ्य चुनौती लक्ष्य हासिल गर्न वित्तीय प्रवर्द्धनका विषयहरू गहन रूपमा छलफलमा साइड लाइनमा हुने बैठकमा सहभागी हुने उनले जिकिर गरे । 

प्रधानमन्त्री प्रचण्डले ४७ देशको अध्यक्षता गर्न पाउनु इतिहासको विशेष कालखण्डमा आउने दुर्लभ अवसर भएको पनि जानकारी दिए । 

“नेपालको राजनीतिक उपलब्धि अवगत गराउने शान्ति प्रकृयालाई निष्कर्षमा पुराउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेको चुनौतीमा विश्वको ध्यानाकर्षण गर्ने, जलवायु परिवर्तनबाट नेपाल जस्तो देशमा परेको गहिरो र दुरगामी देशमा परेको समस्या र चुनौतीको विषयमा विश्वको ध्यानाकर्षण गराउनेलगायत कार्यक्रम रहेको छ,” उनले भने । 

भाद्र ३० गते प्रधानमन्त्री न्यूयोर्क जाने तयारीमा छन् । उनले सानो र छरितो प्रतिनिधिमण्डल लिएर जाने जानकारी दिए । ७८औँ  महासभालाई प्रधानमन्त्री प्रचण्डले २१ सेप्टेम्वर २०२३ मा सम्बोधन गर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro