कला
काठमाडौं । नेपाली कथानक चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को नाम परिमार्जन गरेर ‘रङ्गेली’ राखिएको छ । यो चलचित्रको छायांकन मोरङको रङ्गेलीमा हुने भएकाले शीर्षक परिमार्जनको निर्णय गरिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्र ‘रङ्गेली’ महाशिवरात्री (फागुन २५ गते) रिलिज हुनेछ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडालगायत कलाकार प्रमुख भूमिकामा छन् ।
चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० ०७:२६
प्रतिक्रिया दिनुहोस्