site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नागरिकता विधेयक प्रमाणीकरण संसद्‌माथिको नांगो प्रहार : नेम्वाङ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक अहिले प्रमाणीकरण गर्नु संसद्‌माथिको नांगो प्रहार भएको बताएका छन् ।

बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु जनताको अधिकारसहित संसद्‌माथिनांगो प्रहार भएको जिकिर गरे ।

नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान, कानुन, स्थापित अभ्यास र संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम गरिएको उनले टिप्पणी गरे । संसद्लाई ‘छेउ पार्ने’ काम गरिएको भन्दै उनले यस्तो गर्नु गलत भएको तर्क गरे ।

उपाध्यक्ष नेम्वाङले अघिल्लो प्रतिनिधिसभाको कार्यकालमै उक्त विधेयक दोस्रोपटक पेस हुँदा समेत तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनभित्र प्रमाणीकरण नगरेको उल्लेख गरे । विधेयक उति बेलै निष्क्रिय भएको उनको भनाइ छ ।

निष्क्रिय भएको विधेयकलाई मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि सिफारिस गर्न नमिल्ने उनको तर्क छ ।

नयाँ प्रतिनिधिसभा समेत आइसकेको अवस्थामा संसद्‌बाट सभामुख र राष्ट्रियसभा अध्यक्षले विधेयक सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाको समेत उल्लंघन भएको जिकिर उनले गरे ।

उनले नागरिकता प्रमाणीकरणको विषयलाई लिएर एमाले जनतासामु जाने पनि बताए । यो विषय संसद्‌मा पनि उठाउने उनले उल्लेख गरे । नेम्वाङले यो विषयले अदालतमा प्रवेश पाउन सक्ने संकेत समेत गरे ।

“अहिले उठेका विषयहरूलाई हामी जनताको बीचमा लैजान्छौँ । हामी संसद्मा उठाउँछौँ । यस्ता कतिपय विषयहरू आवश्यक पर्दा अदालतमा प्रवेश पाएका छन्,” उनलेभ भने, “सबै ढंगले हामी यी विषयहरूमा सशक्त ढंगले जनताको बीचमा प्रस्तुत हुन्छौँ । सचिवालय बैठक भोलि बस्दै छ । यी सबै सन्दर्भहरूमा हामी एउटा निष्कर्षमा पुग्छौँ ।”

देशमाथि सबैतिरबाट प्रहारहरू भइरहेको भन्दै उनले यस्तो अवस्थामा सबै राजनीतिक दलका बीचमा राष्ट्रिय विषयमा एकताको आवश्यकता औँल्याए ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro