site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पुँजीगत बजेटको एक प्रतिशत अनुसन्धान र इनोभेसनमा, कोष नै स्थापना गर्न एक अर्ब 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रर्वतन र आविष्कारमा खर्च गर्ने नीति लिइने बताएका छन् ।

सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री महतले यसका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

उनले भने, “कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिनेछ । सरकारका विभिन्न निकायबाट हुने आविष्कारलाई यसमा आबद्ध गरिनेछ । प्रदेश र स्थानीय तहलाई यो कोषमा रकम हाल्न प्रोत्साहित गरिनेछ । यसको सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाइ निर्माण गरिनेछ ।”

मुलकमा उद्यमशिलताका लागि स्टार्टअप इकोसिस्टम विकास गरिने पनि उनले बताए ।

“उद्यमशील सोचको विकास र यसलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौंमा इक्युवेसन सेन्टर स्थापना गरिनेछ । भेन्चर क्यापिटल र प्राइभेट इक्युटीफर्मलाई स्टार्टअपमा लगानी गर्न प्रोत्साहन गरिनेछ,” अर्थमन्त्री महतले बजेट भाषणमा भने ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro