site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१५ अर्ब लगानीमा रोल्वालिङ आयोजना बनाउँदै एचईडी इनर्जी

काठमाडौं । निजी लगानीमा रोल्वालिङ खोला जलविद्युत् आयोजना बन्ने भएको छ । ८८ मेगावाट क्षमताको आयोजना बनाउन १५ अर्ब १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
 
प्रस्तावित आयोजनाबाट वार्षिक ४८ करोड युनिट विद्युत् ऊर्जा उत्पादन हुने विकासकर्ता कम्पनी एचईडी इनर्जी प्रालिले जनाएको छ । आयोजना निर्माणका लागि एचईडी इनर्जीले वातावरणीय प्रभाव मूयांकन (ईआईए) प्रतिवेदन तयारी थालेको छ ।
 
आयोजना दोलखा जिल्लाको गौरिशंकर गाउँपालिक र विगु गाउँपालिका भएर बग्ने रोल्वालिङ खोलामा रहेको छ । 

आयोजनाको संरचना रोल्वालिङ गाउँपालिकामा पर्छ । रोल्वालिङ खोलामा २५ मिटर लामो र ६० मिटर अग्लो बाँध निर्माण प्रस्ताव गरिएको विकासकर्ता कम्पनीले जनाएको छ । ४८ सय मिटर लामो मुल सुरुङमार्फत विद्युतगृहमा खसालेर ऊर्जा उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । 

आयोजनाबाट उत्पादन हुने बिजुली ८.५ किलोमिटर लामो १३२ केभी प्रसाणलाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकणको २२० केभी क्षमताको न्यू लामाबगर सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।
 
आयोजनाको डिजाइन वहाव प्रतिसेकेन्ड ११ घनमिटर रहेको छ । कम्पनीले वातावरणीय प्रभाव अध्ययनका क्रममा प्रभावका बारेका रायसुझाव पनि मागेको छ ।

रोल्वालिङ खोलामा विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले २२ मेगावाटको रोल्वालिङ डाइभर्सन परियोजना निर्माण सुरु गरेको छ । परियोजनाको लागत १० अर्ब रुपैयाँ रहेको छ । 

सुक्खायामको विद्युत् आपूर्ति गर्ने लक्ष्यसहित निर्माण सुरु भएको रोल्वालिङ डाइभर्सनबाट विसं. २०८४ मंसिरदेखि बिजुली उत्पादन लक्ष्य राखिएको छ ।

सुक्खायाममा बिजुली उत्पादन बढाउने लक्ष्यसाथ अघि बढाइएको आयोजनाबाट ३२ करोड १० लाख युनिट थप बिजुली उत्पादन हुनेछ । जसमध्ये प्रस्तावित २२ मेगावाटको आयोजनाबाट वार्षिक १० करोड ५० लाख युनिट र डाइभर्सन स्किमबाट २१ करोड ६० लाख युनिट बिजुली उत्पादन हुनेछ । 

मुलुककै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुन्छ । रोल्वालिङ खोला र डाइभर्सन स्किमसमेत थप्दा वार्षिक २ अर्ब ६० करोड २९ लाख युनिट बिजुली उत्पादन हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro