site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरूङ निर्वाचित

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित भएका छन् । 

संघको आज बिहान सम्पन्न मतपरिणममा गुरूङले अर्का उमेदवार नरेश गेलाललाई ६१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । अध्यक्षमा गुरूङले ४२८ मत प्राप्त गरे भने गेलालले ३६७ मत प्राप्त गरे ।  । 

Argakhachi Cement Island Ad

अध्यक्षमा निर्वाचित गुरूङ संघको पूर्व द्वितीय उपाध्यक्ष एवं गुरूङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । 
      
प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल निर्वाचित भएका छन् । 

महासचिवमा महेशकुमार बस्नेत निर्वाचित भएका छन् । बस्नेतले ४२३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे । 

सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भएका छन् । 

सदस्यमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे, विद्यालक्ष्मी बज्राचार्य विजयी भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्