site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आरक्षपीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद लामाको माग

काठमाडौं । नेकपा (एमाले)का सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले उच्चस्तरीय आयोग गठन गरेर शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित पीडितहरुको पुनःस्थापना गर्न माग गरेका हुन् ।

Dabur Nepal
NIC Asia

“कञ्चनपुर जिल्लाको शुक्लाफाँटा आरक्ष विस्तारको नाममा २०५८ सालदेखि विस्थापित आरक्ष पीडितहरु शिविरमा छन् । समस्या समाधानको नाममा दर्जनौँ आयोग गठन गर्ने र कहिले पनि समाधान नहुने भएको हुनाले सरकारले छिटोभन्दा छिटो उच्चस्तरीय समिति गठन गरेर समाधान गर्नुप¥यो,” उनले भने । 

सांसद तामाङले समस्या समाधान गर्न नसक्ने हो भने हुँदैन भनेर सरकारले जनतालाई सुसूचीत गर्नुपर्ने र त्यसको जिम्मेवार सरकार हुने चेतावनीसमेत दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro