विशेष
काठमाडौं । डेंगी संक्रमणका कारण अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी १६ दिनपछि ‘डिस्चार्ज’ भएका छन् ।
वीर अस्पतालमा उपचाररत राज्यमन्त्री केसी आज बिहान डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।
उनी गएको असोज २९ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । कडा डेंगी देखिएपछि उनलाई असोज ३० गते वीर अस्पतालमा सारिएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९ ११:१८
प्रतिक्रिया दिनुहोस्