राजनीति
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सडकमार्ग हुँदै काठमाडौं आउने भएका छन् । उनी पोखराबाट काठमाडौंका लागि सडकमार्ग हुँदै आउँदै गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सडकमार्ग हुँदै काठमाडौं आइरहेकाले आजै अदालतमा उपस्थित हुने सम्भावना निकै कम रहेको उनले बताए । लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पूर्व गृहमन्त्री लामिछाने ८४ दिन प्रहरी हिरासतमा रहेर बिहीबार मात्रै धरौटीमा रिहा भएका हुन् ।
उनलाई ६५ लाख धरौटी रकममा रिहा गर्ने आदेश कास्की जिल्ला अदालतले दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १३:३३
प्रतिक्रिया दिनुहोस्