site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'यो टिमले सुरुदेखि नै इतिहास बनाएको छ, विश्वकपमा फरक छाप छोड्ने छौँ'
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय महिला टिमकी कप्तान पूजा महताेले युवा विश्वकपमा आफ्नो टिम फरक छाप छोड्न तयार रहेको बताएकी छन् । विश्वकपमा निम्ति मलेसिया जाने नेपाली टिमको बिदाइ कार्यक्रममा कप्तान पुजाले यस्तो बताएकी हुन् ।

नेपाली टिमलाई शुक्रबार एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको थियो । जसमा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायत क्यान पदाधिकारीको उपस्थिति थियो ।

कार्यक्रममा कप्तान पूजाले आफू कप्तान भएकै कारण दबाब महसुस नगरेको समेत प्रतिकृया दिइन् । “तयारी एकदम राम्रो छ । मेरो लागि यो पहिलो र अन्तिम हो । क्यानबाट महिला टिमले पहिलोपटक विश्वकपमा छनोट भएको हो । हामी एकदमै उत्साहित छौँ । हाम्रो लागि यो विश्वकप एकदमै महत्त्वपूर्ण छ । वेस्ट इन्डिज, अमेरिका र अरु सबै देश पनि बलिया छन्,” पूजाले भनिन्, “खेलमा कन्सिस्टेन्ट महसुस गरिरहेको छु । मलाई अहिलेसम्म कप्तानी सम्हाल्दा चुनौती महसुस भएको छैन । हामीले सुरुदेखि नै महिला क्रिकेटका निम्ति इतिहास बनाएका छौँ । त्यसकारण टिमको आत्मविश्वास एकदम उच्च छ । हामी सुपर सिक्समा पुग्न छौँ । ब्याटिङ, बलिङ र फिल्डिङमा बलियो छौँ । विश्वकपमा हामी फरक छाप छोड्ने छौँ ।”

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro