site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आगो, हिटर र गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगो, हिटर र गिजरको प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति नै जारी गरेर यस्ता उपकरणको प्रयोगमा सजग रहन आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार, कोठामा आगो, हिटर वा गिजर प्रयोग गर्दा हावा राम्रोसँग प्रवाह नभए कार्बन मनोअक्साइड जम्मा भएर स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने र ज्यानसमेत जान सक्छ ।

Dabur Nepal
NIC Asia

मन्त्रालयले ताप्ने क्रममा टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिए तत्काल झ्यालढोका खोल्न र खुला स्थानमा बस्न सुझाएको छ ।

सकेसम्म कोइलाको आगो नताप्न तथा आगो वा हिटर ताप्दा कागज, कपडाजस्ता सजिलै बल्ने वस्तु नजिक नराख्न, सुत्नुअघि हिटर बन्द गर्न, गिजर मेसिन बाथरुम बाहिर राख्न मन्त्रालयको आग्रह छ । 

यी उपकरणको प्रयोगबाट केही स्वास्थ्य जटिलता निम्तिए तत्काल अस्पताल जान वा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गर्न मन्त्रालयले अपिल गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro