site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फाको बजेट करिब ९५ करोड 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले बुधबार आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित ९४ करोड ८८ लाख ८८ हजार ५८८ रुपैयाँ बजेट पास गरेकाे छ ।

एन्फाले आगामी आर्थिक वर्षमा ९२ करोड ५१ लाख ८२ हजार ४७० रुपैयाँ खर्च हुने अनुमान गरेको छ । 

एन्फा कार्यसमितिले पेस गरेको बजेटलाई साधारण सभाले पास गरेको हो । एन्फाका अनुमानित बजेटमा ६१ करोड ५५ लाख रुपैयाँ फिफाबाट र ८ करोड ८० लाख रुपैयाँ एएफसीबाट आउने र बाँकी रकम आन्तरिक स्रोतबाट जुटाउने महासचिव किरण राईले बताए ।

Agni Group
NIC Asia

एन्फा विशेष साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को बजेट पनि अनुमोदन गरेको छ । एन्फाका महासचिव राईका साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को आम्दानी २५ करोड ५६ लाख ३२ हजार २१६ र खर्च २४ करोड ६९ लाख १८ हजार ९३३ रुपैयाँको लेखा परीक्षण प्रतिवेदनलाई पास गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को आम्दानी २६ करोड ८३ लाख २१ हजार ९४ र खर्च ४० करोड ६७ लाख ६७ हजार ८४२ रुपैयाँको लेखा परीक्षण प्रतिवेदनलाई विशेष साधारण सभाले अनुमोदन गरेको छ ।

Global Ime bank

साधारण सभाले आठ वर्षका लागि दीर्घकालीन रणनीतिक योजना र कार्यक्रमलाई परिमार्जनसहित पास गरेको एन्फा महासचिव राईले बताए । त्यस्तै नयाँ कार्यसमितिको ४ वर्षे कार्यकालमा १० देखि १२ स्थानमा टेक्निकल सेन्टर, आर्टिफिसियल टर्फलगायत भौतिक संरचना बनाउने योजनालाई पनि विशेष साधारण सभाले पास गरेको छ ।

अनुशासन समितिमा मोहनकुमार इगनाम संयोजक, बसन्त खान उपाध्यक्ष, हेमकुमार राई, उमेश लाल प्रधान, रमेश नापित रहने गरी असोज १० गते एन्फा कार्यसमितिले गरेको निर्णयले साधारण सभाले अनुमोदन गरेको छ । त्यस्तै सदाचार समितिमा उपेन्द्रकेशरी न्यौपाने संयोजक, अजयकुमार घिमिरे उपाध्यक्ष, माधवबहादुर खपाङ्गी, मनिषा आचार्य, बाबुकृष्ण महर्जन सदस्य रहने गरी कार्यसमितिले गरेको निर्णयलाई पनि अनुमोदन गरेको छ । 

त्यस्तै अशोककुमार पोखरेल अध्यक्ष, गोवद्धनसिंह सम्झना उपाध्यक्ष, विश्वराज राई, उत्तम थापा, विनोदसिंह बस्नेत रहेको पाँच सदस्सीय पुनरावेदन समितिलाई पनि विशेष साधारण सभाले अनुमोदान गरेको छ । 

लेखा परीक्षण तथा अनुपालन समितिको निर्वाचन भने अबको साधारण सभाले निर्णय गर्ने भएको छ । लेखा परीक्षण तथा अनुपालन समितिमा रहने सदस्यको इमान्दारी परीक्षण सदाचार समितिले गर्नु पर्ने र सदाचार समिति नै आजको साधारण सभाले अनुमोदन गरेका कारण ढिलाइ भएको महासचिव राईले बताए । 

पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठ एन्फाको मानार्थ अध्यक्ष र किशोर राई मानार्थ वरिष्ठ उपाध्यक्ष बनाउने कार्यसमितिको निर्णयलाई पनि साधारण सभाले अनुमोदन गरेको छ । 

आर्थिक नियमावली २०७५ को संसोधन तथा आर्थिक कार्यविधि संसोधन गर्ने एजेन्डा भने एन्फाले ‘ड्रप’ गरेको महासचिव राईले बताए । उनले फिफाको अनुरोधमा उक्त एजेन्डा कार्यसमितिले ड्रप गरेको र त्यसलाई विशेष साधारण सभाले अनुमोदन गरेको बताए । त्यस्तै स्वास्थ्य सुविधा तथा आर्थिक सहयोग सम्बन्धि मापदण्डको कार्यविधि बनाउने एजेन्डा पनि कार्यसमितिले ड्रप गरेको जनाइएको छ । 

एन्फा एकेडेमी, टेक्निकल तथा ट्रेनिङ सेन्टर संचालन सम्बन्धि कार्यविधि २०७९ पनि अनुमोदन भएको महासचिव राईले बताए । त्यस्तै फुटसल लाइसेनिङ तथा सञ्चालन कार्यविघि २०७९ पनि अनुमोदन गरिएको राईले बताए । 

आजको विशेष साधारण सभाले रूपेश अधिकारी र दीपेन्द्र धिमाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । गत असार ६ गते सम्पन्न एन्फा निर्वाचनमा १३ खुला सदस्यका लागि भएको निर्वाचनमा चार जना प्रत्यसीको समान ३९ मत आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन ।

त्यतिबेला अधिकारी, धिमाल, दीपक थापा र लोकेन्द्र गुरूङले समान ३९ मत पाएका थिए । बुधबार त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सम्पन्न विशेष साधारण सभामा अधिकारीले ५४ र धिमालले ४७ मत पाएका थिए । पराजित लाेकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरेका थिए । निर्वाचित अधिकारी निवर्तमान अध्यक्ष कर्माछिरिङ प्यानलका हुन् भने धिमाल वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका हुन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  २३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu