विशेष
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि नागरिकहरुलाई नयाँ नोट दिन थालेको छ । राष्ट्र बैंक र वाणिज्य बैंकहरूबाट आजदेखि नागरिकले नयाँ नोट साट्न सुरु गरेका छन् ।
नेपालीहरुको महान् चाड दसैँका लागि आजदेखि नागरिकले नयाँ नोट साट्न पाएका छन् । दसैँमा टीका लगाउँदा परिवारका ज्येष्ठ सदस्यले नयाँ नोट दिने परम्परा छ ।
यस वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका नोट वाणिज्य बैंकहरूलाई १२–१२ ड्रक्साका दरले ६० ड्रक्सा, विकास बैंकलाई चार–चार ड्रक्साका दरले २० ड्रक्सा र फाइनान्स कम्पनीलाई दुई–दुई ड्रक्साका दरले १० ड्रक्सा नोट दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले निश्चित शाखा कार्यालयहरूबाट नयाँ नोट सटही गर्ने गर्दछन् ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९ १२:१६
प्रतिक्रिया दिनुहोस्